समाचार
माटो परिक्षण कार्यक्रम
परिचय
मानिसलार्इ हिडडुल गर्न, दैनिक क्रियाकलाप सञ्चालन गर्नको लागि आवश्यक पौष्टिक तत्वको आवश्यकता पर्दछ । त्यसै गरी वोटविरुवालार्इ पनि हुर्कन, बढ्न,फुल फुल्न, फल लाग्न यि विभिन्न क्रियाकलाप संचालन गर्नको लागि वोटविरुवालार्इ १६ किसिमका खाद्यतत्वको आवश्यकता पर्दछ। जसमा मुख्य खाद्यतत्वहरु,सहायक र सुक्ष्म खाद्यतत्वहरु गरेर तीन समूहमा विभाजन गरेको छ। वोटविरुवाको मुख्य खाद्यन्न नाइट्रोजन, फसफोरस ,पोटास आदी हुन् । माटोको पि.एच. को बारेमा जानकारी गराउने र यस जानकी गाउँपालिकाको कृषकको माटोको अवस्थाको बारेमा जानकारी गराउने उदेश्यले मिति २०७५/०२/२० र २१ गते २ दिन माटो शिविर जानकी गाउँपालिका कृषि शाखाको आयोजनामा २ दिन शिविर सञ्चालन भयो। जस्मा करिब २०० जना कृषक माटोको नमुना परिक्षण गराउनु भएको छ । यस जानकी गाउँपालिका सबै वडामा माटोको पि.एच. तथस्ट रहेको छ र नाइट्रोजन, फस्फोरस बढी र पोटास कम देखिएको छ ।
उक्त माटोलार्इ सन्तुलन राख्नको लागि कम्पोष्ट मलको सहि मात्रामा र सहि समयमा प्रयोग गर्नुपर्ने, बाली चक्र अपनाउनु पर्ने साथै ढैचा खेति बढाउनु पर्ने र रसायनिक मलको प्रयोग प्राविधिकको सल्लाह अनुसार मात्र प्रयोग गर्नुपर्ने जानकी गाउँपालिकाका कृषि शाखाका ना.प्रा.स. चक्र प्रसाद भाटले जनाउनु भएको छ।