समाचार
शिक्षा, यूवा तथा खेलकुद शाखाको कार्यविवरण
(क) आधारभूत तथा माध्यमिक शिक्षा
· प्रारम्भिक बाल शिक्षा तथा विद्यालय शिक्षा, अनौपचारिक शिक्षा, खुला तथा वैकल्पिक शिक्षा (गुरुकुल, मदरसा, गुम्बा आदि), निरन्तर सिकाइ तथा विशेष शिक्षा सम्बन्धी नीति, कानून, मापदण्ड, योजनाको निर्माण, कार्यान्वयन र नियमन
· प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमको योजना तर्जुमा, सञ्चालन, अनुमति र नियमन
· पाठ्यक्रम र पाठ्यसामग्रीको वितरण तथा कार्यान्वयन
· विद्यालय शिक्षक तथा कर्मचारी व्यवस्थापन
· विद्यालयको नक्साङ्कन, अनुमति, स्वीकृति, समायोजन तथा नियमन
· शैक्षिक पूर्वाधार निर्माण र मर्मत सम्भार
· आधारभूत तह (कक्षा ८) को परीक्षा व्यवस्थापन
· विद्यार्थी सिकाइ उपलब्धीको परीक्षण र व्यवस्थापन
· विद्यार्थी प्रोत्साहन तथा छात्रवृत्तिको व्यवस्थापन
· शैक्षिक परामर्श सेवाको अनुमति तथा नियमन
· स्थानीयस्तरको शैक्षिक ज्ञान, सीप र प्रविधिको संरक्षण, प्रवर्द्धन र स्तरीकरण
· माध्यमिक तहसम्मको शैक्षिक कार्यक्रमको समन्वय र नियमन
· स्थानीय पुस्तकालय, वाचनालय तथा सामुदायिक अध्ययन केन्द्र सञ्चालन तथा व्यवस्थापन ।
(ख) खेलकुद तथा अतिरिक्त क्रियाकलाप
· स्थानीयस्तरमा खेलकूद प्रशासन तथा सङ्घ संस्थाको नियमन र समन्वय
· खेलकुदको संरचनाको पूर्वाधार निर्माण, सञ्चालन तथा विकास
· खेलकूदको विकास र प्रवर्द्धन
· खेलकूद प्रतियोगीता आयोजना र सहभागीता
· अतिरिक्त क्रियाकलाप सम्बन्धी विषय ।