समाचार
स्वास्थ्य शाखाको कार्यविवरण
(क) आधारभूत स्वास्थ्य तथा सरसफाई
· आधारभूत स्वास्थ्य र सरसफाई सम्बन्धी नीति, कानून, मापदण्ड, योजनाको निर्माण, कार्यान्वयन तथा नियमन
· राष्ट्रिय तथा प्रदेशस्तरीय लक्ष्य र मापदण्ड बमोजिम स्थानीयस्तरको स्वास्थ्य सम्बन्धी लक्ष्य र गुणस्तर निर्धारण
· राष्ट्रिय र प्रादेशिक मापदण्ड अनुरुप जनरल अस्पताल, नर्सिङ्ग होम, निदान केन्द्र तथा अन्य स्वास्थ्य संस्थाहरूको क्लिनिक दर्ता, सञ्चालन अनुमति र नियमन
· आधारभूत स्वास्थ्य सेवाको सञ्चालन र प्रबर्द्धन
· अस्पताल र अन्य स्वास्थ्य संस्थाको स्थापना तथा सञ्चालन
· स्वास्थ्य सेवा सम्बन्धी भौतिक पूर्वाधार विकास तथा व्यवस्थापन
· सरसफाई सचेतनाको अभिवृद्धि
· रक्त सञ्चार सेवा तथा स्थानीय र शहरी स्वास्थ्य सेवा
· औषधि पसल सञ्चालन र नियमन
· औषधिजन्य वनस्पति, जटीबुटी र अन्य औषधिजन्य वस्तुको उत्पादन, प्रशोधन र वितरण
· स्वास्थ्य बीमा लगायतका सामाजिक सुरक्षा कार्यक्रमको व्यवस्थापन
· औषधि तथा अन्य मेडिकल उत्पादनहरूको न्यूनतम मूल्य निर्धारण र नियमन
· औषधिको उचित प्रयोग र सूक्ष्मजीव निरोधक प्रतिरोध न्यूनीकरण
· औषधि र स्वास्थ्य उपकरणको खरीद, भण्डाण र वितरण
· स्वास्थ्य सूचना प्रणालीको व्यवस्थापन
· जनस्वास्थ्य निगरानी (पब्लिक हेल्थ सर्भेलेन्स)
· प्रवर्द्धनात्मक, प्रतिकारात्मक, उपचारात्मक, पुनर्स्थापनात्मक र प्यालिएटिभ स्वास्थ्य सेवाको सञ्चालन
· स्वस्थ जीवनशैली, पोषण, शारीरिक ब्यायाम, योग अभ्यास, स्वास्थ्य वृत्तको पालना, पञ्चकर्म
· लगायतका जनस्वास्थ्य सेवाको प्रवर्द्धन
· जुनोटिक र कीटजन्य रोगको नियन्त्रण तथा व्यवस्थापन
· सुर्ति, मदिरा र लागू पदार्थजन्य वस्तुको प्रयोग नियन्त्रण तथा सचेतना अभिवृद्धि
· आयुर्वेदिक, युनानी, आम्ची, होमियोप्याथिक, प्राकृतिक चिकित्सा लगायतका परम्परागत स्वास्थ्य उपचार सेवाको व्यवस्थापन
· जनस्वास्थ्य, आपत्कालीन स्वास्थ्य तथा महामारीको नियन्त्रण योजना र कार्यान्वयन
· सरुवा तथा नसर्ने रोगको नियन्त्रण तथा रोकथाम
(ख) खानेपानी व्यवस्थापन
· स्थानीय खानेपानी सम्बन्धी नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन
· खानेपानी महसुल निर्धारण र खानेपानी सेवा व्यवस्थापन
· सार्वजनिक स्थलमा पिउने पानी व्यवस्थापन
· स्वच्छ खानेपानी आपूर्ति सम्बन्धी अन्य विषय ।
· आकस्मिक स्वास्थ्य सेवा प्रवाह ।