FAQs Complain Problems

समाचार

स्वास्थ्य शाखाको कार्यविवरण

(क) आधारभूत स्वास्थ्य तथा सरसफाई

·         आधारभूत स्वास्थ्य र सरसफाई सम्बन्धी नीति, कानून, मापदण्ड, योजनाको निर्माण, कार्यान्वयन तथा नियमन

·         राष्ट्रिय तथा प्रदेशस्तरीय लक्ष्य र मापदण्ड बमोजिम स्थानीयस्तरको स्वास्थ्य सम्बन्धी लक्ष्य र गुणस्तर निर्धारण

·         राष्ट्रिय र प्रादेशिक मापदण्ड अनुरुप जनरल अस्पताल, नर्सिङ्ग होम, निदान केन्द्र तथा अन्य स्वास्थ्य संस्थाहरूको क्लिनिक दर्ता, सञ्चालन अनुमति र नियमन

·         आधारभूत स्वास्थ्य सेवाको सञ्चालन र प्रबर्द्धन

·         अस्पताल र अन्य स्वास्थ्य संस्थाको स्थापना तथा सञ्चालन

·         स्वास्थ्य सेवा सम्बन्धी भौतिक पूर्वाधार विकास तथा व्यवस्थापन

·         सरसफाई सचेतनाको अभिवृद्धि

·         रक्त सञ्चार सेवा तथा स्थानीय र शहरी स्वास्थ्य सेवा

·         औषधि पसल सञ्चालन र नियमन

·         औषधिजन्य वनस्पति, जटीबुटी र अन्य औषधिजन्य वस्तुको उत्पादन, प्रशोधन र वितरण

·         स्वास्थ्य बीमा लगायतका सामाजिक सुरक्षा कार्यक्रमको व्यवस्थापन

·         औषधि तथा अन्य मेडिकल उत्पादनहरूको न्यूनतम मूल्य निर्धारण र नियमन

·         औषधिको उचित प्रयोग र सूक्ष्मजीव निरोधक प्रतिरोध न्यूनीकरण

·         औषधि र स्वास्थ्य उपकरणको खरीद, भण्डाण र वितरण

·         स्वास्थ्य सूचना प्रणालीको व्यवस्थापन

·         जनस्वास्थ्य निगरानी (पब्लिक हेल्थ सर्भेलेन्स)

·         प्रवर्द्धनात्मक, प्रतिकारात्मक, उपचारात्मक, पुनर्स्थापनात्मक र प्यालिएटिभ स्वास्थ्य सेवाको सञ्चालन

·         स्वस्थ जीवनशैली, पोषण, शारीरिक ब्यायाम, योग अभ्यास, स्वास्थ्य वृत्तको पालना, पञ्चकर्म

·         लगायतका जनस्वास्थ्य सेवाको प्रवर्द्धन

·         जुनोटिक र कीटजन्य रोगको नियन्त्रण तथा व्यवस्थापन

·         सुर्ति, मदिरा र लागू पदार्थजन्य वस्तुको प्रयोग नियन्त्रण तथा सचेतना अभिवृद्धि

·         आयुर्वेदिक, युनानी, आम्ची, होमियोप्याथिक, प्राकृतिक चिकित्सा लगायतका परम्परागत स्वास्थ्य उपचार सेवाको व्यवस्थापन

·         जनस्वास्थ्य, आपत्कालीन स्वास्थ्य तथा महामारीको नियन्त्रण योजना र कार्यान्वयन

·         सरुवा तथा नसर्ने रोगको नियन्त्रण तथा रोकथाम

(ख) खानेपानी व्यवस्थापन

·         स्थानीय खानेपानी सम्बन्धी नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन

·         खानेपानी महसुल निर्धारण र खानेपानी सेवा व्यवस्थापन

·         सार्वजनिक स्थलमा पिउने पानी व्यवस्थापन

·         स्वच्छ खानेपानी आपूर्ति सम्बन्धी अन्य विषय ।

·         आकस्मिक स्वास्थ्य सेवा प्रवाह ।