FAQs Complain Problems

समाचार

सूचना प्रविधि अधिकृतले गर्ने प्रमुख कार्यको विवरण

  1. कार्यालयमा स्थापित सूचना प्रविधिका पूर्वाधार, उपकरणहरुको व्यवथापन र नियमित राख्न प्राविधिक सहयोग प्रदान ।
  2. स्थानीय तहको Website, Software, system को नियमित संचालन र अध्यावधिक गर्ने र सहि अभिलेख तथा प्रतिवेदन तयार पार्न आवश्यक सहयोग पुर्याउने ।
  3. स्थानीय तहले कम्प्युटर प्रणाली सम्बन्धी दैनिक क्रियाकलापहरु सुचारु रुपमा संचालन भएको सुनिश्चित गर्न सहयोग ।
  4. संघीय तथा प्रादेशिक सरकारले माग गरेका सूचना तथ्यांक तथा विवरण स्थानीय तहको सम्बन्धित शाखा/पदाधिकारीसंगको समन्वयमा अध्यावधिक विवरण समयमा उपलब्ध गराउने ।
  5. सूचना तथा संचार प्रविधिसंग सम्बन्धित राष्ट्रिय नीतिहरुको अध्ययन, नविन सोच र अनुप्रयोगहरुको खोज गर्ने र स्थानीय आवश्यकता अनुसार स्थानिकरण गर्न सहयोग ।
  6. श्रोत नक्शांकनलाई डिजिटाईजेशन गर्ने र डिजिटल प्रोफाईल बनाउन तथा अद्यावधिक गर्नमा सहयोग ।
  7. स्थानीय तहमा सूचना प्रविधि क्षेत्रमा आवश्यक रहेका गतिविधिहरु सहित बार्षिक ICT योजना तयार गर्न सहयोग ।
  8. विद्धुतीय शासन स्थापनाको लागि आवश्यक उपकरण र उपायहरुको अध्ययन गरि पालिका र वडा स्तरमा स्थापना गर्न सहयोग गर्दै ग्रामिण समुदायमा समेत सूचना प्रविधिको पहुच/कनेक्टिविटीस्थापना गर्न सहयोग ।
  9. स्थानीय तहका सबै कर्मचारीहरुलाई विधुतीय शासन, सूचना तथा संचार प्रविधि सम्बन्धी तालिम र अभिमुखिकरण कार्यक्रम संचालन गर्न सहजीकरण ।
  10. स्थानीय तहमा सूचना प्रविधिसंग सम्बन्धित कर्मचारीलाई ICT सम्बन्धी ज्ञान तथा नियमित सीप हस्तान्तरण ।
  11. स्थानीय तहको कार्यालय तथा अन्य विषयगत निकायहरुका कार्यक्रम / परियोजना, सेवा प्रदायक, गैह्र सरकारी संस्था, समुदायमा आधारित संघ-संस्थाहरुका अधारभुत विवरण, बजेट विवरण, सूचना आदि विवरण व्यवस्थित रुपम्रा राख्न र संप्रेषणमा सहयोग ।
  12. कार्यालयका कर्मचारी, सेवाग्राहीका सूचना प्रविधिसँग सम्बन्धित प्राविधिक समस्याहरू समाधान गर्न मद्दत ।
  13. स्थानीय तहका बजेट, योजना, राजस्व, अनुगमन, खरिद लागायतका क्षेत्रमा सूचना प्रविधिको प्रयोग गरी कार्यसम्पादनमा सहजिकरण ।
  14. कानूनबमोजिम सार्वजनिक गर्नु पर्ने (open data) आवश्यक विवरण संकलन र अध्यावधिक गरी स्थानीय तहको Website लगायत उपयुक्त माध्यमबाट सार्वजनिक रुपमा संप्रेषण ।
  15. स्थानीय तह को ICT status/system को नियमित अडिट गर्ने र सुरक्षा (security) को उचित प्रबन्ध मिलाउने ।
  16. सूचना केन्द्रहरुको स्थापना र संचालनमा सहयोग ।
  17. स्थानीय तहमा भएका असल अभ्यास तथा सूचनालाई नियमित र व्यवस्थित तवरले प्रकाशित ।
  18. प्रमुख प्रशासकीय अधिकृतले तोकेको अन्य कार्यहरु ।