FAQs Complain Problems

समाचार

शिक्षा, यूवा तथा खेलकुद शाखाको कार्यविवरण

(क) आधारभूत तथा माध्यमिक शिक्षा

·         प्रारम्भिक बाल शिक्षा तथा विद्यालय शिक्षा, अनौपचारिक शिक्षा, खुला तथा वैकल्पिक शिक्षा (गुरुकुल, मदरसा, गुम्बा आदि), निरन्तर सिकाइ तथा विशेष शिक्षा सम्बन्धी नीति, कानून, मापदण्ड, योजनाको निर्माण, कार्यान्वयन र नियमन

·         प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमको योजना तर्जुमा, सञ्चालन, अनुमति र नियमन

·         पाठ्यक्रम र पाठ्यसामग्रीको वितरण तथा कार्यान्वयन

·         विद्यालय शिक्षक तथा कर्मचारी व्यवस्थापन

·         विद्यालयको नक्साङ्कन, अनुमति, स्वीकृति, समायोजन तथा नियमन

·         शैक्षिक पूर्वाधार निर्माण र मर्मत सम्भार

·         आधारभूत तह (कक्षा ८) को परीक्षा व्यवस्थापन

·         विद्यार्थी सिकाइ उपलब्धीको परीक्षण र व्यवस्थापन

·         विद्यार्थी प्रोत्साहन तथा छात्रवृत्तिको व्यवस्थापन

·         शैक्षिक परामर्श सेवाको अनुमति तथा नियमन

·         स्थानीयस्तरको शैक्षिक ज्ञान, सीप र प्रविधिको संरक्षण, प्रवर्द्धन र स्तरीकरण

·         माध्यमिक तहसम्मको शैक्षिक कार्यक्रमको समन्वय र नियमन

·         स्थानीय पुस्तकालय, वाचनालय तथा सामुदायिक अध्ययन केन्द्र सञ्चालन तथा व्यवस्थापन ।

(ख) खेलकुद तथा अतिरिक्त क्रियाकलाप

·         स्थानीयस्तरमा खेलकूद प्रशासन तथा सङ्घ संस्थाको नियमन र समन्वय

·         खेलकुदको संरचनाको पूर्वाधार निर्माण, सञ्चालन तथा विकास

·         खेलकूदको विकास र प्रवर्द्धन

·         खेलकूद प्रतियोगीता आयोजना र सहभागीता

·         अतिरिक्त क्रियाकलाप सम्बन्धी विषय ।