FAQs Complain Problems

समाचार

राजश्व उपशाखाको कार्यविवरण

राजश्व नीति तथा प्रशासन सम्बन्धी कार्यहरु :

  1. राजश्व सम्बन्धी नीति, कानून तर्जूमा, कार्यान्वयन र नियमन ( राजश्व चुहावट नियन्त्रण समेत)
  2. सम्पत्ति कर, घरबहाल कर, घर जग्गा रजिष्ट्रेशन शुल्क, सवारी साधन कर, सेवा शुल्क दस्तुर, पर्यटन शुल्क, विज्ञापन कर, व्यवसाय कर, भूमिकर (मालपोत) दण्ड जरिवाना, मनोरन्जन कर, बहालबिटौरी कर, घरजग्गा कर, मृत वा मारिएको जीवजन्तुको हाड, सिंग, प्वाँख, छालामा कर प्राकृतिक स्रोत साधन, व्यवसायिक कर सम्बन्धी नीति, कानून, मापदण्ड, कार्यान्वयन, बॉडफॉड, संकलन र नियमन, अन्य आय व्यवस्थापन
  3. सार्वजनिक खर्च तथा प्राकृतिक स्रोतबाट प्राप्त हुने रोयल्टी सम्बन्धी नीति, कानून, मापदण्ड तथा नियमन र सोको सङ्कलन तथा बाँडफाँट
  4. आफ्नो क्षेत्रभित्र राजश्वका दर अन्य शुल्क निर्धारण, संघीय र प्रदेश कानून बमोजिम प्राकृतिक श्रोत साधन र सेवा शुल्क जस्ता रोयल्टी सङ्कलन, समन्वय र नियमन
  5. स्थानीय पूर्वाधार सेवा र उपयोगमा सेवा शुल्क तथा दस्तुर (नीति, कानुन, मापदण्ड, नियमन, शुल्क निर्धारण, संकलन तथा व्यवस्थापन)
  6. मालपोत संकलन
  7. कानुन बमोजिम ढुंगा, गिट्टी, बालुवा, माटो, नुन, स्लेट, फायरक्लेजस्ता खानी खनीज पदार्थको सर्वेक्षण, अन्वेषण, उत्खनन र सो सम्बन्धी रोयल्टी सङ्कलन
  8. ट्रेकिङ्ग, कायाकिङ्ग, क्यानोनिङ्ग, बन्जी जम्पिङ्ग, जिपफ्लायर, आफ्टिङ्ग शुल्क
  9. सामुदायिक बनको सञ्चालन र व्यवस्थापनबाट प्राप्त रोयल्टी सङ्कलन
  10. पानीघट्ट, कूलो, पैनी जस्ता सेवा सन्चालनबाट प्राप्त रोयल्टी सङ्कलन/li>
  11. प्राकृतिक स्रोतको उपयोग सम्बन्धी नीति निर्धारण र कार्यान्वयन तथा प्रदेश र संघीय मापदण्ड पालना
  12. प्रचलित कानुन बमोजिम दण्ड जरिवाना
  13. बाँकी बक्यौता रकमको लगत र असुल उपर
  14. करदाता शिक्षा तथा करवाता विवरण अद्यावधिक
  15. वित्तीय स्रोत साधनको समतामूलक बांडफाँट
  16. आर्थिक साधनको महत्तम उपयोग तथा परिचालन
  17. राजश्व परामर्श समिति सम्बन्धी विषय
  18. स्थानीय राजश्व प्रवर्द्धनका लागि प्रोत्साहन,
  19. राजश्वको सम्भाव्यता अध्ययन
  20. राजश्व सूचना तथा तथ्याङ्कको आदान प्रदान
  21. संघीय तथा प्रदेश कानून बमोजिम बजेट घाटापूर्तिको स्रोत व्यवस्था