FAQs Complain Problems

समाचार

योजना, अनुगमन तथा तथ्याङ्क शाखाको कार्यविवरण

योजना, अनुगमन तथा तथ्याङ्क शाखाको कार्यविवरण

(क) योजना तर्जुमा, कार्ययोजना तयारी, उपभोक्ता समिति परिचालन

·         विकास आयोजना तथा परियोजना सम्बन्धी नीति, कानून, मापदण्ड, योजना र नियमन

·         स्थानीय विकास नीति, अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन विकास योजना तर्जुमा, अनुगमन तथा मूल्यांकन

·         आर्थिक, सामाजिक, साँस्कृतिक, वातावरणीय प्रविधि र पूर्वाधारजन्य विकासका लागि आवश्यक आयोजना तथा परियोजनाहरूको तर्जुमा, कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन

·         बार्षिक विकास कार्यक्रम, आयोजना तर्जुमा, कार्यान्वयन

·         विकास निर्माण प्रकृयामा स्थानीय जनसहभागिता अभिबृद्धिका कार्यक्रम तर्जुमा र कार्यान्वयन

·         विकास योजनाहरुको वातावरणीय प्रभाव मूल्यांकन

·         उपभोक्ता समितिको विवरण, क्षमता विकास

·         विकासका प्राथमिकता प्राप्त क्षेत्र निर्धारण

·         संघीय र प्रादेशिक आयोजना, परियोजना कार्यान्वयनमा समन्वय, सहजीकरण र सहयोग

·         विकास आयोजना तथा परियोजना सम्बन्धी अन्य कार्य ।

(ख) अनुगमन तथा मूल्यांकन

·         विकास आयोजनाको अनुगमन, आवधिक प्रगति तथा प्रतिफलको समीक्षा

·         विकास योजनाको अनुगमन तथा मूल्यांकनको आधार तथा प्रक्रिया निर्धारण

·         आयोजनाको अध्ययन, अनुसन्धान तथा प्रभाव मूल्याइन

·         विषयक्षेत्रगत नीतिको अनुगमन तथा मूल्यांकन

(ग) तथ्यांक व्यवस्थापन

·         तथ्याङक संकलन, व्यवस्थापन तथा प्रयोग सम्बन्धी नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन

·         सूचना तथा अभिलेख केन्द्रको स्थापना तथा सञ्चालन

·         आधुनिक प्रविधिमार्फत व्यक्तिगत घटना दर्ता ।

·         जन्म, मृत्यु, विवाह, बसाईसराई, सम्बन्ध विच्छेद र धर्मपुत्र धर्मपुत्री), अभिलेख व्यवस्थापन तथा प्रतिवेदन

·         स्थानीय तथ्याङक संकलन, प्रशोधन, अभिलेखिकरण तथा वितरण

·         आधारभूत तथ्यांक संकलन र व्यवस्थापन जनसाङ्ख्यिक प्राकृतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, भौतिक पूर्वाधार, रोजगारीको अवस्था, कूल ग्राहस्थ्य उत्पादन, प्रतिव्यक्ति आय मानव विकास सूचकाङ्क, राजश्व तथा आयव्यय समेतको तथ्याङ्क सङ्कलन र प्रशोधन गरी सूचना प्रणालीमा आवद्धता र पार्श्व चित्र तथा श्रोत नक्साको अद्यावधिक एवं अभिलेख

Ø  बेरोजगारको तथ्यांक संकलन

Ø  स्थानीय व्यापारको तथ्याङ्क प्रणाली र अध्ययन अनुसन्धान

Ø  सामाजिक सुरक्षा सम्बन्धी स्थानीय तथ्याङ्क र सूचना व्यवस्थापन

Ø  सम्पन्न भएका तथा चालू योजनाको विवरण

Ø  विषय क्षेत्रगत सूचना, तथ्यांकको संकलन, अभिलेख

Ø  प्रदेश तथा संघसंग तथ्यांक एवं सूचना आदानप्रदान र समन्वय

Ø  सम्भाव्य प्राकृतिक श्रोत तथा साधनको अभिलेख (प्रोफाईल) व्यबस्थापन

·         गाउँपालिकाका आवधिक तथा वार्षिक कार्यक्रम र बजेट स्वीकृति ।