FAQs Complain Problems

समाचार

प्रशासन शाखाको कार्यविवरण

स्थानीय सेवा तथा जनशक्ति विकास

  1. स्थानीय सेवाको व्यवस्थापन सम्बन्धी नीति, मापदण्ड, सेवा शर्त, योजना, कार्यान्वयन र नियमन
  2. संविधानको धारा ३०२ बमोजिम समायोजन भई आउने कर्मचारीको व्यवस्थापन
  3. स्थानीय सेवाको व्यवस्थापन सम्बन्धी अन्य कार्य
  4. गाउँपालिकाको संगठन विकास, सङ्गठन संरचना तथा दरबन्दी निर्धारण, जनशक्ति व्यवस्थापन र वृत्ति विकास,
  5. स्थानीय सेवाको व्यवस्थापनमा सूचना तथा सन्चार प्रविधिको उपयोग, प्रबर्द्धन र नियमन
  6. मानव संसाधन विकासका लागि अल्पकालीन तथा दीर्घकालीन योजना तर्जुमा
  7. गाउँपालिकामा सार्वजनिक विदा, उत्सव, जात्रा, उदीं आदिको व्यवस्थापन
  8. स्थानीय शान्ति समिति सम्बन्धी कार्यहरु ।

सार्वजनिक खरीद तथा सम्पत्ति व्यवस्थापन

  1. गाउँपालिकाको लागि सार्वजनिक खरीद तथा अन्य बन्दोबस्तीका सामान सम्बन्धी विषय
  2. गाउँपालिकाभित्रको सार्वजनिक तथा सरकारी सम्पत्ति, सामुदायिक सम्पत्ति, भवन, सडक, पसल, व्यवसाय, पूर्वाधार, उद्योग, खानी तथा खनीज, बनको विवरण सहितको अद्यावधिक अभिलेख
  3. गाउँपालिकाको स्वामित्वमा रहेको सम्पत्तिको अद्यावधिक अभिलेख
  4. गाउँपालिकास्थित सरकारी सम्पत्तिको एकीकृत विवरण ।

स्थानीय तह, प्रदेश र संघसंगको सम्बन्ध र समन्वय तथा वडासँगको समन्वय

  1. संघ तथा प्रदेश तहमा संविधान तथा कानुन बमोजिमको सहभागिता तथा प्रतिनिधित्व
  2. जिल्ला समन्वय समितिसँगको समन्वय
  3. बडा तहसँगको सम्पर्क र समन्वय
  4. पत्राचार, सभा, समारोह, शिष्टाचार

नगर प्रहरी व्यवस्थापन

  1. संघीय तथा प्रदेश कानूनको अधिनमा रही नगर प्रहरीको सन्चालन तथा व्यवस्थापन नीति, कानून, मापदण्ड, कार्यान्वयन र नियमन,
  2. नगर प्रहरीमार्फत देहायका कार्य सम्पादन गर्ने,
    1. नीति, कानून, मापदण्ड निर्णयहरु कार्यान्वयनमा सहयोग,
    2. सम्पत्तिको संरक्षण,
    3. गाउँपालिकामा हुने सभा समारोह, परम्परा तथा जात्रा चाडपर्वको व्यवस्थापनमा सहयोग,
    4. स्थानीय बजार तथा पार्किङ्ग स्थलको व्यवस्थापनमा सहयोग,
    5. नगर प्रहरी सम्बन्धी कार्यपालिकाले तोके बमोजिमका नीति, योजना, कार्यक्रम कार्यान्वयन,
    6. गाउँ बस्ती सरसफाई सम्बन्धी मापदण्डको कार्यान्वयन र कसूर उपर छानविन र अनुसन्धान,
    7. स्थानीय न्यायिक समितिले गरेका आदेश, फैसला कार्यान्वयनमा सहयोग,
    8. कार्यालय परिसर, सम्पदा, सार्वजनिक, ऐलानी, पतिं जग्गा, सार्वजनिक भवन तथा भौतिक पूर्वाधारको संरक्षण र सुरक्षा,
    9. विपद् व्यवस्थापनमा सहयोग,
    10. अपराध रोकथाम तथा अनुसन्धानमा सहयोग,
    11. फूटपाथ व्यवस्थापन
    12. निर्माण नियमन
    13. गुणस्तर नियन्त्रण
  3. नगर प्रहरी सम्बन्धी अन्य कार्य ।

न्यायिक समितिको सचिवालय न्याय कानून मानव अधिकार प्रवर्द्धन तथा मेलमिलाप र,निर्णय तथा फैसला कार्यान्वयन

  1. न्यायिक समितिको सचिवालय सम्बन्धी कार्य
  2. न्याय तथा कानूनी राज्यको परिपालना
  3. मानव अधिकारको संरक्षण तथा प्रबर्द्धन
  4. व्यक्ति र समुदायबीच मेलमिलाप र मध्यस्थताको व्यवस्थापन
  5. न्यायिक निर्णय तथा फैसला कार्यान्वयन

सूचना तथा सञ्चार प्रविधि विकास तथा विस्तार र एफ.एम. सञ्चालन

  1. आफ्नो क्षेत्रभित्र इन्टरनेट सेवा, टेलिसेन्टर, केबुल तथा तारविहीन टेलिभिजन प्रसारणको अनुमति, नवीकरण र नियमन
  2. एक सय बाटसम्मको एफ. एम. रेडियो सञ्चालन अनुमति, नवीकरण र नियमन
  3. आफ्नो क्षेत्रभित्र पत्रपत्रिकाको प्रकाशन अनुमति, अभिलेख तथा नियमन
  4. अभिलेख व्यवस्थापनमा नवीनतम सूचना प्रविधिको प्रयोग
  5. सूचना तथा सञ्चार प्रविधिमा सर्वसाधारण जनताको सहज र सरल पहुँच तथा सूचना प्रविधिको विकास र विस्तार सम्बन्धी कार्यक्रम तर्जुमा र कार्यान्वयन
  6. वैज्ञानिक अध्ययन, अनुसन्धान र प्रविधि विकासमा
  7. सूचना तथा सञ्चार प्रविधिमा आधारित तथ्याङ्क व्यवस्थापन ।

बजार अनुगमन गुणस्तर नापतौल खाद्य सुरक्षा र उपभोक्ता हित संरक्षण स्थानीय व्यापार वाणिज्य वस्तुको माग आपूर्ति व्यवस्थापन तथा अनुगमन

  1. बजार तथा हाट बजार व्यवस्थापन
  2. उपभोक्ता अधिकार तथा हित सम्बन्धी नीति, कानून, मापदण्ड, कार्यान्वयन र नियमन
  3. स्थानीय वस्तुहरूको उत्पादन, आपूर्ति तथा निकासी प्रक्षेपण, मूल्य निर्धारण र अनुगमन
  4. स्थानीय व्यापार र बाणिज्य सम्बन्धी पूर्वाधार निर्माण,
  5. स्थानीय वस्तु र सेवा व्यापारको मूल्य तथा गुणस्तरको अनुगमन र नियमन,
  6. उपभोक्ता सचेतना, लक्षित उपभोक्ताको लगत व्यवस्थापन र स्थानीय वस्तु तथा सेवाको गुणस्तर परीक्षण,
  7. खाद्य पदार्थको गुणस्तर नियन्त्रण,
  8. खानेपानीको गुणस्तर नियन्त्रण,
  9. स्थानीय व्यापार प्रवर्द्धन सहजीकरण र नियमन,
  10. स्थानीय बौद्धिक सम्पत्तिको संरक्षण, प्रवर्द्धन र अभिलेखाइन ।

बैठक तथा विधायन

  1. कार्यपालिका तथा सभाको बैठक व्यवस्थापन
  2. कार्यपालिकाको निर्णयहरुको विद्युतिय माध्यमबाट अभिलेखीकरण तथा प्रकाशन
  3. कार्यपालिका तथा सभामा पेश गर्नुपर्ने विभिन्न नीति नियम तथा कानूनको मसौदामा संयोजन
  4. कार्यपालिकाका विभिन्न समिति, उपसमिति, कार्यदलको बैठक व्यवस्थापन
  5. , कानुनको प्रमाणीक प्रतिको संरक्षण, प्रकासनका लागि समन्वय
  6. विधायन सम्बन्धी अन्य कार्य

आन्तरिक लेखापरीक्षण

  1. आन्तरिक तथा पूर्व लेखापरीक्षण
  2. लेखापरीक्षण विवरण (बेरुजुको लगत समेत) को अभिलेख व्यवस्थापन
  3. अन्तिम लेखापरीक्षण कार्यमा सहयोग, समन्वय र सहजीकरण
  4. लेखापालनसम्बन्धी क्षमता विकास कार्य

उत्सव उर्दी जात्रा पर्व उपाधी विभुषण आदि ।

  1. स्थानीय चाडपर्व, सार्वजनिक विदा, उत्सव, जात्रा, उदी आदिको व्यवस्थापन
  2. उपाधी तथा विभुषण सम्बन्धी सिफारिश, अभिलेख

उद्योग तथा उद्यमशिलता विकास र खानी तथा खनिज पदार्थको संरक्षण उद्योग

  1. लघु, घरेलु तथा साना उद्योगको दर्ता, नवीकरण, खारेजी र नियमन
  2. लघु, घरेलु तथा साना उद्योगको विकास र प्रबर्द्धन
  3. उद्यमशिलता प्रबर्द्धन
  4. व्यापारिक फर्म, पसलको दर्ता, अनुमति, नवीकरण, खारेजी र नियमन
  5. सीप विकास सम्बन्धी कार्यको प्रवर्द्धन ।
  6. खानी तथा खनिज
  7. खानी तथा खनिज पदार्थको संरक्षण सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड तथा योजनाको कार्यान्वयन र नियमन,
  8. ढुङ्गा, गिटी, बालुवा, माटो, नुन, स्लेट, खरीढुङ्गा, फायरक्लेजस्ता खानीजन्य वस्तु सर्वेक्षण, अन्वेषण, उत्खनन्
  9. ढुङ्गा, गिट्टी, बालुवा, नुन, माटो, खरीढुङ्गा, फायर क्ले तथा स्लेट आदि खानीजन्य वस्तुको संरक्षण, विकास, उत्खनन् र उपयोग सम्बन्धी दतां, अनुमति, नवीकरण, खारेजी र व्यवस्थापन
  10. खानी तथा खनिज पदार्थ सम्बन्धी सूचना तथा तथ्याङ्ग सङ्कलन, अभिलेखन तथा व्यवस्थापन
  11. भौगर्भिक नक्सा प्रकाशन