FAQs Complain Problems

समाचार

कृषि विकास शाखाको कार्यविवरण

  1. कृषि, कृषि प्रसार, कृषि उत्पादन व्यवस्थापन सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन
  2. बजार सूचना, कृषि बजार तथा हाटबजारको पूर्वाधार निर्माण, साना सिंचाई निर्माण, तालिम, प्रविधि प्रसार, प्राबिधिक टेवा, कृषि सामाग्री आपूर्ति र कृषक क्षमता विकास कार्यक्रमको सन्चालन कृषिजन्य प्राकृतिक प्रकोप तथा महामारी रोगको नियन्त्रण
  3. कृषि वातावरण संरक्षण तथा जैविक विविधताको संरक्षण र प्रवर्द्धन
  4. कृषि प्रसार तथा जनशक्तिको प्रक्षेपण, व्यवस्थापन र परिचालन
  5. उच्च मूल्ययुक्त कृषिजन्य वस्तुको प्रवर्द्धन, विकास तथा बजारीकरण कृषिसम्बन्धी बीमा र कर्जा सहजीकरण
  6. शीत भण्डारणको व्यवस्थापन
  7. कृषकहरूको क्षमता अभिवृद्धि, प्राविधिक सेवा टेवा, सीप विकास र सशक्तीकरण
  8. कृषि बीउविजन, नश्ल, मलखाद र रसायन तथा औषधिहरूको आपूर्ति, उपयोग र नियमन
  9. कृषक समूह, कृषि सहकारी र कृषि सम्बन्धी स्थानीय सङ्घ संस्थाहरूको समन्वय, व्यवस्थापन र नियमन
  10. कृषि सम्बन्धी प्रविधिको संरक्षण र हस्तान्तरण
  11. कृषि तथ्याङ्कको व्यवस्थापन र सूचना प्रणाली तथा कृषि सम्बन्धी सूचनाको प्रचारप्रसार
  12. कृषि स्रोत केन्द्रको स्थापना र व्यवस्थापन
  13. नर्सरी स्थापना, बिरुवा उत्पादन, वितरण, रोपण र प्रबर्द्धन